हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

राप्ती नगरपालिको नगर सभा सम्पन्न , ९२ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक

दिनेश विसुन्के

७ असार २०७८

राप्ती नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को लागी ९२ करोड ९७ लाख ३६ हजार ४ सय २९ रुपैयाको बजेट सार्वजनिक गरेको छ । नगरले आन्तरिक श्रोत अन्र्तगत ८० करोड,प्रदेश सरकारको सवारी साधन कर वाट ४ करोड ३७ लाख ४२ हजार ४ सय २९ रुपैया , सवारी साधन कर प्रदेश सरकार वाट राजश्व सकलन ११ करोड ६८ लाख ३२ हजार रुपैया , संघिय सरकार अनुदान १७ करोड ४५ लाख रुपैया , संघिय सरकारको शर्सत अनुदान अन्र्तगत ३१ करोड ५२ लाख रुपैया , प्रदेश सरकार अनुदान १५ करोड २४ लाख ४ हजार रुपैया, प्रदेश सरकार बिशेष अनुदान २ करोड ५० लाख रुपैया , प्रदेश सरकार बिशेष अनुदान ६ करोड ६४ लाख , १८ हजार रुपैया, भिसिडिपि ७ लाख रुपैया र आर्थिक बर्ष २०७७ /०७८ को बाकि मौज्दात ८ करोड ४६ लाख रुपैया रहेको छ ।

राप्ती नगरपालिकाको सोमवार बिरेन्द्रनगरमा सम्पन्न भएको नवौ नगर सभामा प्रस्तुत भएको बजेटमा सवैभन्दा बढी पुर्वाधार विकासमा छुट्टाइएको छ । नगरले सडक पुल मा ७ करोड ७५ लाख रुपैया १५ हजार र भवन तथा सहरीमा ४ करोड ४९ लाख ९३ हजार गरी १२ करोड २५ लाख १५ हजार रुपैया पुर्वधार विकासमा बजेट छ्टटाएको हो । नगरले सामाजिक विकासमा ८ करोड ८८ लाख ९२ हजार रुपैया छुट्टाएको छ । यसमा शिक्षा अन्र्तगत ३ करोड ६० लाख ७२ हजार र स्वास्थ्यमा ४ करोड १४ लाख ५९ हजार रुपैया रहेको छ । आर्थिक विकास अन्र्तगत ७ करोड ८२ लाख २५ हजार रुपैया जसमा कृषिमा लक्षित कार्यक्रम सहित ५ करोड ९६ लाख ६४ हजार रहेको छ ।

यस पटकको बजेटमा व्यवस्थापन तथा सुशासनमा ५ करोड ४४ लाख रुपैया ५ हजार र विपद व्यवस्थापनमा नगरको ५० लाख सहित १३ वटै वडाको गरी २ करोड ६२ लाख रुपैया रहेको छ । नगरले कार्यालय सञ्चालन तथा प्रशासनको लागी भने १७ करोड ६२ लाख ८१ हजार रुपैया बजेट राखेको छ । सभामा बजेट बक्तव्य नगर उप प्रमुख इमानसिह लामाले प्रस्तुत गर्नु भएको थियो ।

विद्यान प्रतिवेदन समितीकी संयोजक सुमिता डल्लाकोटीले प्रस्तुत गर्नु भएको थियो । न्यायिक समिती प्रतिवेदन समितीका सदस्य पुणर् प्रसाद आर्चाय र लेखा प्रतिवेदन लेखा समितीका संयोजक इन्द्र बहादुर लामाले प्रस्तुत गर्नु भएको थियो । सभा नगर प्रमुख प्रभा बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाको सहजीकरण नगरका प्रमुख प्रशासकिय अधिकृत गंगा बहादुर भुजेलले गर्नु भएको थियो ।

 

 

 

 

 

 

Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.