हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

आर्थिक अवस्था कजोर भएपछि उपचार गर्न नपाएका बुद्धिमानले पाए आर्थिक सहयोग ।

राप्ती । राप्ती नगरपालिका वडा नं. ३ मा प्यारालाईसिस भई उपचार गर्न आर्थिक समस्या भएका बुद्धिमान परियारलाई केहि आर्थिक रमक सहयोग प्राप्त भएको छ । राप्ती नगरपालिका वडा नं ३ बस्ने सामाजिक अभियान्ता एवंम उधोग वाणिज्य संघका सचिव नवराज पाठक श्याम को संयोजकत्वमा देश तथा विदेशबाट आर्थिक सहयोग जुटाई ३१ हजार ५३० रुपैँया प्यारालाईसिस पिडित परियारलाई हस्तान्तरण गर्नुभएको हो ।

केहि हप्ता अघि प्रेसरको कारणले अस्पताल भर्ना हुनुभएका परियार आर्थिक अभाव तथा विपन्नताका कारण अस्पतालले घर फर्काईदिएको थियो । विगत ३० वर्षदेखि सिलाईकटाई ब्यबसाय गर्दै आउनुभएका परियारको परिवारलाई सिलाईकटाई बाट आएको रकमले परिवारलाई हातमुख जोड्न मात्र पुग्ने गर्दथ्यो । तर एक्कासी प्रेसरले हान्दा श्रीमानको यस्तो अवस्था आएको परियारकी श्रीमतीले बताउनुभयो ।

वडा र नगरपालिकाले उपचारको लागि केहि सहयोग गरेको तर त्यतिले उपचारमा अपुग भएको र आर्थिक जोहो गर्न केहि उपाए नभएपछि घर फर्काएको परियारकी श्रीमतीले बताउनुभयो । आशा मारिसकेकी परियारकी श्रीमतीले यसरी आर्थिक सहयोग प्राप्त हुँदा केहि आशा पलाएको बताउनुभयो ।

सामाजिक अभियान्ता नवराज पाठक श्यामले बुद्धिमान परियार बचाउको लागि हामि सबै लागि पर्नुपर्ने बताउनुभयो । रकम हस्तान्तरणमा राप्ती नगरपालिका वडा नं. ४ का वडाध्यक्ष शमसेर लामाको पनि उपस्थिति रहेको थियो । उहाँले आकस्मिक विपत्ति जो कसैलाई जहिले पनि हुने भन्नुहुँदै यस्तो परिस्थितिमा सबैले सहयोग गरिदिनको लागि अपिल गर्नुभयो ।

Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.