हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

नेपाल स्काउट स्थापना दिवसम राप्ती स्काउटले गर्‍यो बृक्षरोपण

राप्ती । नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा राप्ती नगर स्काउटले बृक्षरोपण गरेको छ । हालसालै नेपाल स्काउटले बैधानिकता दिएको राप्ती नगर स्काउटले नेपाल स्काउटको स्थापना दिवसको अवसरमा राप्ती नगरपालिका वडा नं. ८ मा रहेको रातोमाटे फनपार्क तथा पिकनिक स्पोटमा अशोकका ९० बेर्नाहरु सार्ने कार्य गरिएको राप्ती नगर स्काउटका संयोजक सोम पुनले बताउनुभयो । टुगेदर वी क्यान क्रिएट अ बेटर वल्र्ड भन्ने नाराका साथ नेपाल स्काउटको ७० औँ स्थापना दिवसमा बृक्षरोपण गरिएको पुनले बताउनुभयो ।

हरियो वन नेपाल धन भनिएता पनि नेपालका वनजंगलहरु दिनानुदिन कटान हुनाले प्रकृतिक प्रकोपहरु हुने, जनधनको क्षतीहरु नेपालीहरुले खेप्नुपरेको छ । यसरी बन जोगाउन राप्ती नगर स्काउटले गरेको बृक्षरोपणक कार्य निकैनै प्रशंसा योग्य रहेको राप्ती नगरपालिका वडा नं. ८ का कार्यवाहक वडाध्यक्ष पुणर् आचार्यले बताउनुभयो । बृक्षरोपण कार्यक्रममा राप्ती नगरपालिकाका कार्यपालिका सदस्य श्यामलाल बिश्वकर्मा, कालिका सामुदायिक बनका अध्यक्ष एवंम रातोमाटे फनपार्कका अध्यक्ष माधव गिरि लगाएत स्काउटका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.