हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

हाम्रो राप्तीको स्टेशन इन्र्चाजको जिम्मेवारी विसुन्केलाइ

युवक तामाङ
१ असार २०७८
राप्ती नगरपालिकाको पहिलो रेडियो हाम्रो राप्ती ८८.५ मेगाहर्जका स्टेशन इन्चार्जमा दिनेश विसुन्के नियुक्त हुनु भएको छ । विसुन्केलाइ असार १ गते देखि लागुु हुने गरी नियुक्त गरिएको एफ एमका प्रबन्ध बिशाल आले मगरले बताउनु भयो । पुर्वी चितवनकै सर्वाधिक सुनिने र नगरकै उत्कृष्ट रेडियो हाम्रो राप्ती एफ एम ८८.५ मेगाहर्जमा उहा यसअघि समाचार प्रमुख रहनु भएको थियो । उहाको कामको मूल्याङकन गदै स्टेशन इनर्चाजको जिम्मेवारी दिएको व्यवस्थापन पक्षले जनाएको छ । विसुन्केले रेडियोलाइ श्रोताको माझमा लैजान र प्रिय बनाउन सक्दो योगदान गर्ने बताउनु भयो । १२ जना कर्मचारी रहेको एफ एम अहिले विहान ५ देखि ११ बजे सम्म सञ्चालनमा रहेको छ । प्रत्येक घण्टा समाचार र विविध मनोरञ्जनात्मक कार्यक्रम गदै आइरहेको रेडियोले छोटो समयमा श्रोताको मन जित्न सफल भएको थियो । विसुन्के के छ राप्ती साप्ताहिकका सह सम्पादक समेत रहनु भएको छ । उहा राप्ती ३ झुरझुरे निवासी हुनुहुन्छ ।

 

Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.