हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

राप्तीमा कोरोनाले बैशाख देखि हाल सम्म ज्यान गुमाउने १३ पुग्यो

राप्ती नगरपालिकामा दोश्रो लहरको कोरोना सकृय संक्रमित संख्या बैशाख देखि हाल सम्म ६४ जना रहेको छ । त्यस्तै कोरोनालाई जित्नेको संख्या १८७ पुगेको छ । कोरोनाको कारणले ज्यान गुमाउनेको अघिल्लो महिना देखि हाल सम्म १३ जना रहेको राप्ती नगरपालकाको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै राप्ती नगरपालिकामा बैशाख देखि हाल सम्म कोरोना संक्रमितको कुल संख्या २६४ जना रहेका छन् । साथै राप्ती नगरपालिकामा अहिले सम्म भएको ४०९ जनाको एन्टिजेन परीक्षणमा १४१ जनाको रिपोर्ट पोजेटिभ देखिएकोमा ६४ जना पुरुष र ७७ जना महिला रहेको राप्ती नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुरेश न्यौपानेले जानकारी दिनुभयो । राप्ती नगरपालिकाको बैशाख देखिको हाल सम्मको तथ्यांक अनुसार कोरोना संक्रमित पुरुषको संख्या १३६ रहेको छ भने महिलाको १२८ रहेको छ ।
Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.