हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

कक्षा ८ को नतिजा प्रकाशन

कक्षा आठको नतिजा प्रकाशन भएको छ । राप्ती नगरपालिकामा भित्र रहेका संस्थागत तथा सामुदायिक बिद्यालयहरुको अधारभुत तह कक्षा ८ को नतिजा प्रकाशन भएको हो । राप्ती नगरपालिकाको आधारभुत शिक्षा उर्तिण समितिको बैठकले जेठ ३० गते कक्षा आठको नतिजा प्रकाशन गरेको हो । आज राप्ती नगरपालिकाको शिक्षा शाखाले सूचना प्रकाशित गरि कक्षा आठको नतिजा प्रकाशन भएको र नतिजा हेर्नको लागि बिद्यालयको ईमिस (IEMIS) सिस्टमलाई लग ईन गरि नतिजा हेर्न सकिने र बिद्यार्थीहरुलाई नतिजा बैकल्पिक माध्यमबाट उपलब्ध गराउन भनि उल्लेख गरेको छ । साथै प्रकाशित सूचनामा सम्बन्धित बिद्यालले मार्क लेजर र ग्रेड सिटको लागि शिक्षा युवा तथा खेलकुद शाखामा सम्पर्क गर्न समेत भनिएको छ । साथै प्रकाशित भएको अंक त्रुटि भएमा बिद्यालयको सिपारिस र तोकिएको शुल्क लिई मुल अभिलेख अनुसार मार्क लेजर र ग्रेड सिट सच्याउन सकिने नगर शिक्षाशाखा अधिकृत शम्भुप्रसाद पौडेलले बताउनुभयो ।
Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.