हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

वडा नं. ५ र ७ को सर्वपक्षिय बैठक सम्पन्न , सकरात्मक प्रतिक्रिया

दिनेश विसुुन्के
राप्ती नगरपालिका वडा नं. ५ र ७ ले वडाको बजेको बिषयमा सर्वपक्षिय बैठक राखेको छ । बैठक वाट आएका सुुझाव र प्रतिक्रियाको आधारमा आगामी बजेट तयार पारिने र कार्यन्वयनमा लाग्ने राप्ती ५ की वडाध्यक्ष मनुका पाठकले बताउनुभयो । उहाले वडाका जनप्रतिनिधि र वडाका राजनितिक दल तथा विभिन्न संघ संस्थाको छलफलमा रहेर बजेट बनाउदा जनप्रिय हुुने उहाले बताउनुु भयो । वडा नं. ७ की वडाध्यक्ष सुुमिता डल्लाकोटीले आउदो आर्थिक बर्षको लागी सर्वपक्षिय छलफलमा केन्द्रित रहेर बजेट तयार पारेको बताउनुु भएको छ । वडाका राजनितीक दल , वडाका जनप्रतिनिधि र विभिन्न संघस.स्थाको उपस्थितीमा बजेट निर्माण गरिएको बताउनुु भएको छ । ठुलो र धेरै जनसंख्या रहेको कारण बजेट निर्माणमा गाह्रो भएको तर सवैको रायले गर्दा बजेट कहा र कसरी लगानी गर्ने भन्ने बिषयमा भने सहज भएको उहाले बताउनुु भयो ।

 

 

Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.