हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

सर्वपक्षिय बैठक सहित बजेट निर्माणमा राप्ती वडा नं. ४

दिनेश विसुुन्के
राप्ती नगरपालिका वडा नं. ४ ले सर्वपक्षिय छलफल सम्पन्न गरेको छ । वडाको सभाहलमा सम्पन्न भएको छलफलमा वडाका जनप्रतिनिधि तथा स्थानिय राजनितिक दल र स्थानिय सामाजिक संस्थाको उपस्थिती रहेको थियो । वडा नं. ४ ले आउदो आर्थिक बर्षको लागी प्राप्त गरेको सिलिङ वजेटमा कहा र कसरी खर्च गर्न सकिन्छ भनेर छलफलका लागी वडाले सर्वपक्षिय बैठक आयोजना गरेको वडाध्यक्ष शमशेर लामाले बताउनुु भयो । अहिलको आर्थिक बर्षमा भएका काम र हुन नसकेका कामको पनि समिक्षा भएको थियो । नेकपा एमाले, नेपाली काग्रेस , नेकपा माओवादीले वडाको विकासमा जनप्रतिनिधिले निकै राम्रा काम गरेका भएपनि केहि ठाउमा ध्यान दिन नसकेको बताएका थिए । अतिआवश्यक तर प्राथमिकतामा नपरेको भन्दै यो बर्ष त्यस्ता कामलाइ अनिर्वाय बजेट छुुट्याउनुपर्ने बताउनुु भयो । नगरले दिएको १ करोड ४५ लाखमा वडामा सके जति बजेट व्यवस्थापन गर्न गाह्रो भएको वडा सदस्य जगन्नाथ श्रेष्ठले बताउनुु भयो । ४ नम्वर वडा बढी हाइवेमा केन्द्रित भएको कारण पनि यसमा केहि बाधा आएको तर त्यसको लागी आफुुहरु लागि परेको बताउनुु भयो । वडाले यस पटक जनता मुुखि काम गर्ने बताउनुु भयो ।

 

Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.