हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

तपाइकाे नाम अनुसारकाे राशिफल हेर्नुहाेस् , साप्ताहिक राशिफल चैत्र ११ देखी १७ सम्म

साप्ताहिक राशिपफल २०७४ साल चैत्र ११ गतेदेखी १७ गतेसम्म 
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesप्रारम्भ उत्साहवर्द्धक देखिए पनि अरूको भर पर्दा महत्वाकांक्षा अधुरो रहनेछ। आफन्तजनमै ईर्ष्यालु मनोवृत्ति बढ्न सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला। आँट गर्न नसक्दा काममा पछि परिनेछ। अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ। तापनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusइच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मिहिनेत गर्दा आँटेको काम सम्पादन हुनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। अरूको बहकाउमा परिनाले बुधवारदेखि काम बिग्रने सम्भावना छ। साझेदारीमा अलि सावधान रहनुपर्ला। प्रत्यत्न गर्दा मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। पहिलेको उपलब्धिले सप्ताहान्त अनुकूल बन्नेछ। रोकिएका काम बन्नेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiइच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्न सकिनेछ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सोमवार र मंगलवार आलोचकहरूदेखि सावधान रहनुपर्ला। साताभरि भौतिक साधन जुट्नेछन् भने सहयोगीहरूले पनि साथ दिनेछन्। तापनि, साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान दिनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सोमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। तर स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। बोली तथा हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिएला। सप्ताहान्तमा आलोचकहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सहयोगीहरूको भरमा काम नबन्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रारम्भमा विशेष अवसर जुट्नुका पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर, फजुल खर्च बढ्नाले धन सञ्चय गर्न नसकिएला। अर्थ अभाव देखा पर्नाले चिताएको काममा पनि बाधा पुग्नेछ। तर टाढाका साथीभाइसँग सम्बन्ध विस्तार गर्न सकिनेछ। बुधवारदेखि आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ। आगन्तुकहरूले काममा भने अलमल्याउन सक्छन्। केही विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला। सप्ताहान्तमा भने स्थिति अनुकूल बन्दै जानेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रारम्भमा व्यापार तथा नोकरीमा केही समस्या देखिएकाले सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि पछि लाभ हुने काम गर्न सकिनेछ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आम्दानीको क्षेत्र फराकिलो भए पनि प्रतिस्पर्धाले खर्च बढाउनेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। सरसापटमा धन बाहिरिने सम्भावना देखिन्छ। तापनि पछिका लागि लगानी गर्ने मौका छ। सप्ताहान्तमा रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रारम्भमा सामाजिक क्षेत्रबाट हौसला प्राप्त हुनेछ। प्रतिष्ठित काम हातपार्न सफल भइनेछ। तर केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। तापनि साताभरि विभिन्न अवसर प्राप्त हुनेछन्। विभिन्न भौतिक साधन जुटाउन सफल भइनेछ। लगनशीलताले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा पनि सकारात्मक नतिजा प्राप्त हुनेछ। पेसा र व्यवसायमा राम्रै आम्दानी हुनेछ। सप्ताहान्तमा भने फजुल खर्च बढ्नाले केही समस्या देखापर्न सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioप्रारम्भमा अस्वस्थताका बाबजुद कामको बोझ बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। अरूको स्वार्थमा उपयोग भइएला। सोमवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। काममा सामान्य चुनौती देखिए पनि बिस्तारै लक्ष्यमा पुग्न सफल भइनेछ। आयआर्जन पनि बढेर जानेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusप्रारम्भमा प्रियजनसँगको भेटघाटले उत्साह जगाउनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। तर वादविवादले व्यवहारमा समस्या निम्त्याउन सक्छ। सोमवारदेखि अर्थ अभावले सताउनेछ भने अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि धार्मिक मनोवृत्ति बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornप्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि मिहिनेत गर्दा अवसर हात पार्न सकिनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेत गर्दा चिताएको काम बन्नेछ। बुधवारदेखि झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ। स्वास्थ्य–चिन्ताले पनि सताउनेछ। तापनि प्रयत्न गर्दा असहज परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। धार्मिक र सामाजिक क्रियाकलापमा सहभागी बन्ने मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपहिलेको सफलताले प्रारम्भमा उत्साह जगाउनेछ। अध्ययनमा सफलता प्राप्त हुनेछ भने नयाँ कार्यको थालनी हुन सक्छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। बीचमा स्वास्थ्यचिन्ताले सताउनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि टाढिएका आफन्त नजिकिनाले हर्ष बढ्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउन सक्छ। सप्ताहान्तमा आम्दानी भए पनि अप्ठ्यारो चुनौती देखा पर्न सक्छ। प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesअप्ठ्यारो परिस्थितिमा गरिएको प्रयत्नले फाइदा दिलाउनेछ। आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ होला। नयाँ काममा हात हाल्ने समय पनि छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। बीचमा ईर्ष्या गर्नेहरूले सताउनेछन्। तापनि सप्ताहान्तमा काम बन्नेछ। पारिवारिक भेटघाटमा मन रमाउनेछ।
राशिफलले जे जस्ताे भनेपनी हजुरहरूकाे याे साता शुभ रहाेस् ।
जिल्लाखबर डटकम यही कामना गर्दछ ।
Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.