हाम्राे राप्ती 88.5 एफ एम  

Categories

सामाजिक सञ्जाल

Hamro Rapti 88.5 FM

पूर्वि चितवनको सर्वाधिक सुनिने, राप्ती नगरपालिकाको पहिलो रेडियो

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन बुधबार सुरुहुदै

बेइजिङ, ३१ असोज (रासस÷सिन्ह्वा) ः

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (काँग्रेस) बुधबार बिहान सुरुहुने भएको छ । उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु हुने तय भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।
चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार सो सम्मेलनको सबै तयारीहरु पूरा भएको छ । ग्रेट हल अफ दि पिपुल विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको छ ।
भोलि बिहान हुने उक्त सम्मेलनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गर्ने भएका छन् ।
उक्त प्रशारणहरु रेडियो टेलिभिजनहरुका अतिरिक्त विभिन्न वेभसाइट र अनलाइन पोर्टलहरुमा पनि हेर्न सकिने बताइएको छ ।
उक्त काँग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि छानिएका छन् । उनीहरुमध्ये अधिकांश आज नै बेइजिङ आइपुग्दैछन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच बर्षमा बस्नेगर्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय हो । यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ ।

यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  
Copyright © All rights reserved. Hamrorapti 88.5FM | Website Creator:- S.P. Publication & Communication technology Pvt by Sujan Premi.